Section 41
बाँकी बक्यौता असुल गर्ने
(१) संस्थानले असुल उपर गर्नु पर्ने मालपोत, कूत, बहाल, भूबहाल, पेश्की, ठेक, जरिवाना, बिगो, शुल्क, अतिरिक्त शुल्क, दस्तुर आदि बाँकी– बक्यौता संस्थानले सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिको धितो वा अन्य जायजेथा लिलाम बिक्री गरी असुल–उपर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको बाँकी–बक्यौता असुल गर्दा संस्थानले मनासिब देखेमा दश प्रतिशतसम्म ब्याज समेत लगाई किस्ताबन्दीमा असुल उपर गर्न सक्नेछ ।
(३) उपदफा (१), (२) र दफा २८ मा जुनसुकै कुरा लेखिएको भएतापनि तोकिएको अवधिसम्मको बक्यौता रकम संस्थानले तोकिदिए बमोजिमको दरमा किस्ताबन्दीमा नगदीमा असुल गर्न सक्नेछ ।